प्रदेश १ मा आमहड्तालको प्रभाव सामान्य

नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले गरेको आमहडतालको प्रभाव प्रदेश १ मा सामान्य देखिएको छ । प्रदेश राजधानी विराटनगरसहित मुख्यमुख्य बजारका सडकमा नेता कार्यकर्ता भेला भएका छन् ।

बजारमा सिटी रिक्सा, अटो, तरकारी बोकेका, दूधका गाडी, मोटरसाइकल, स्कुटरलगायतका सवारी साधन निर्वाध चलेका छन् । यात्रु बाहक बस, शिक्षणसंस्था पूर्ण ठप्प छन । बजार आंशिक रुपमा खुलेका छन् । सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिन्छ । यो समाचार तयार पार्दासम्म कुनै अप्रिय घटना नभएको प्रदेश १ प्रहरी कार्यलयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १४:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया