नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह सडकमा आएपछि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ट्राफिक चौराहमा दुवै पक्ष बीच नाराबाजी भएको छ । नेता कुमार बडेला सवार कारको चाबी प्रचण्ड-माधव समूहका कार्यकर्ताले थुतेपछि ओली पक्ष पनि सडकमा आएको हो । बडेला ओली पक्षको नेता हुन् ।
ट्राफिक चौराहमा प्रचण्ड-माधव पक्ष बिहानदेखि प्रदर्शनमा उत्रिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।