कैलालीका सडकमा सेनाका बख्तरबन्द गाडी

केही दिन अघि काठमाडौंको सडकमा बख्तरबन्द गाडी प्रदर्शन गरेको नेपाली सेनाले कैलालीका सडकमा  पनि यस्ता गाडी निकालेको छ । 

नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म बख्तरबन्द गाडीहरु साइरन बजाउँदै आएपछि स्थानीयले चासो व्यक्त गरेका छन् । यद्यपि, नेपाली सेनाले भने यसलाई नियमित अभ्यास भनेको छ । 

लामो समयदेखि सेनाले बख्तरबन्द गाडी सडकमा निकालेर अभ्यास गरेको थिएन ।

राजनीतिमा आएको परिवर्तनसँगै देशभर सेनाले गरेको अभ्यासलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । 

काठमाडौंको चक्रपथमा सेनाको बख्तरबन्द गाडी (फोटो फिचर)





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १५:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया