आम हड्ताल सफल पार्न कर्णालीका मुख्यमन्त्री सडकमा

प्रचण्ड–माधव पक्षले देशैभरि गरेको आम हड्ताललाई सफल पार्नका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा आएका छन् । बिहीबार दिउँसो वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा पुगेर उनले आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । 

मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा पनि आन्दोलनमा सहभागी भए ।  

आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध बाध्य भएर सडकमा आउनुपरेको बताएका छन् ।





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १६:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया