राजसंस्था प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ भनी टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको बाधक होइन ।

संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ।’

उनले अहिले नेपालको राजनीति रेफ्री बिनाको खेल जस्तो भएको पनि उल्लेख गरेका छन् । देशमा अहिले जसको शक्ति उसको भक्ति भएको उनले जनाए । ‘एकले अर्कोलाई समाप्त पार्ने प्रतिस्पर्धा बढ्दै जाँदा राजनीतिक दल र  नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जानसक्छ । त्यो रिक्त अवस्थामा गैरराजनीतिक शक्ति र विदेशीको हातमा देशको बागडोर जाने खतरा हुन्छ’, थापाले भने ।

थापाले परिस्थिति बिगार्न देशीविदेशी शक्तिहरू क्रियाशील रहेको पनि बताए । उनले एकले अर्कोलाई गलत प्रमाणित गर्ने होडमा कोही पनि अन्धो र मतिभ्रम नबन्न आग्रह गरे । ‘केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगरौँ ।’

धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने उनले सबै राजनीतिक दललाई आग्रह गरे ।





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १९:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया