केपीले  एकै दिन तीनजनालाई प्रधानमन्त्री बनाइदिए : प्रचण्ड
ओलीले सन्किएर भोलि जे पनि बोल्न सक्छन्

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सन्किएमा जे पनि गर्न सक्ने बताएका छन्। इमेज टेलिभिजनसँगको सम्वादका क्रममा दाहालले यस्तो बताएका हुन्। 

'भर छैन, केपी ओली  सन्किए भने केही न केही बोल्न सक्छन्', उनले भोलिको दरबारमार्ग अगाडि हुने कार्यक्रमलाई लक्षित गर्दै भने, 'तर उनले सबैभन्दा राम्रो त सबैको अगाडि उभिएर गल्ती गरेँ सुधार्छु भने हुने, त्यसो भन्छन् कि जस्तो पनि लागिरहन्छ।'

उनले पुस ४ गते एकै दिन तीनजनासँग प्रधानमन्त्री प्रस्ताव गरेको बताए। बिहान वामदेव गौतमलाई, दिउँसो माधवकुमार नेपाल र बेलुका आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको उनले सुनाए। 'बालुवाटारमा बोलाएर बिहान वामदेव, दिउँसो माधव र बेलुका मलाई प्रधानमन्त्री ओलीले बनाइदिए। होइन यति सारो जालझेल गर्न कसरी जानेका होलान् ओलीले? वामदेवजी त सोझो भएर फस्नु भयो।'
 





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार २२:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया