नारायणहिटी अगाडि यसरी हुँदैछ ओलीको सभा तयारी (फोटो फिचर)
२ लाख मानिस उतार्ने दाबी

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भोलि आमसभा गर्ने भएपछि रातारात तयारी थालिएको छ। नेकपा दाहाल-नेपाल समूहले बिहीबार बन्द आह्वान गरेपछि ओली समूहको तयारी प्रभावित भएको थियो।

बन्द कार्यक्रम सकिएसँगै नारायणहिटी दरबार सङ्ग्रहालय छिर्ने मुलगेट अगाडि मञ्च बनाउने कार्य धमाधम भइरहेको छ। 

ओली पक्षका कार्यकर्ता र स्वयमसेवीहरुले धमाधम मञ्च बनाइरहेका छन्। ओली समूहको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलका अनुसार करिब २ लाख मानिस उतार्ने गरी सङ्ग्रहालयको सडक क्षेत्रमा कार्यक्रम गर्न लागिएको हो।

संघीय राजधानीमा हुन लागेको कार्यक्रमलाई ओली समूहले प्रतिष्ठाको विषय बनाएको छ। बागमती प्रदेशका १३ वटै जिल्लाबाट ओली समूहले कार्यकर्ता काठमाडौंमा उतार्दैछ। उक्त कार्यक्रमलाई प्रभावित पार्ने गरी दाहाल-नेपालले बन्द आह्वान गरेपछि ओली समूहले बसबाट रातारात कार्यकर्ताहरु झिकाइरहेको छ।

सभा हुने भएपछि ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका-१ स्थित दरबारमार्गमा राखिएको डिभाइडर हटाएको छ।

बिहीबार बिहान दरबारमार्ग विकास बोर्ड र काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडक बीचका सबै डिभाइडर हटाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले भोलिको सभालाई सम्बोधन गर्दैछन्।



सभा गर्नेक्रममा भीडलाई सहज बनाउन डिभाइडर हटाइएको बताइएको छ। तीन सय मिटर लामो डिभाइडर पुन: राख्न मिल्ने खालको छ। कार्यक्रमपछि ती डिभाइडर फेरि हालिने ट्राफिक प्रहरीले जनाएको छ। दरबारमार्ग क्षेत्रमा सभा हुने भएपछि भोलि पसलहरु बन्द हुने भएका छन्। 



  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार ०:०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया