नेकपा ओली समूहको प्रदर्शन आज, तीन लाख मान्छे उतार्ने योजना

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित भएको नेकपाका दुई समूहले दैनिक प्रदर्शन गरिरहेका छन् । यहीअनुसार आज दिउँसो नेकपामा केपी शर्मा ओली समूहले प्रदर्शन गर्ने तयारी गरेको छ । 

ओली समूहका नेताहरुले आजको प्रदर्शनमा बागमती प्रदेश र उपत्यकाबाट अधिकांश मानिसहरु सहभागी हुने बताएका छन् । उनीहरुले आजको प्रदर्शनमा तीन लाख मानिस उतार्ने योजना बनाएका छन् । 

नेकपा ओली समूहले आजको प्रदर्शनका लागि १६ स्थानबाट जुलुस निकाल्ने योजना बनाएको छ ।

नारायणहिटी दरबार संग्राहलायअगाडि आजको ओली समूहको प्रदर्शन हुँदैछ । आजको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । 

यसअघि ९ माघमा नेकपाको अर्को समूह प्रचण्ड–नेपाल समूहले गरेको प्रदर्शनको काउन्टरका रुपमा आज ओली समूहले यो प्रदर्शनलाई लिएको छ ।





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार ६:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया