विद्यालय पोशाकमै १७ वर्षीया किशोरीको शव भेटियो

बैतडीमा विद्यालय जाँदा हराइरहेकी किशोरीको शव फेला परेको छ । बुधबारदेखि बेपत्ता भएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीया भागरथी भट्टको शव बिहीबार साँझ फेला परेको हो । उनको हत्या गरिएर फालिएको अनुमान परिवारले लगाएको छ। 

घर नजिकैको लवलेक सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । विद्यालय पोसाकमै उनको शव फेला परेको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ बैतडीमा डिएसपी अधिकारीले भने ‘हामी छानबिन गरिरहेका छौँ। ’

विद्यालयबाट हराएकी  भट्टको  बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । घटनाका विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हरिसप्रसाद भट्टले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले घटना रहस्यमय र नृशंस भएको भन्दै उनले स्थानीय प्रशासनसँग वैज्ञानिक र छरितो अनुसन्धान गर्न माग गरेका छन्।

‘जंगलमा रहस्यमय हत्या भएको र हत्या हुनुअघि बलात्कारको आशंका गरिएको यो दुःखद घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीालाई कानूनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरुसँग विनम्र अनुरोध गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ।





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार ९:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया