बेलायतले पत्रकारिता भिसामा रहेका तीन चिनियाँ जासुसहरूलाई देश निकाला गरेको छ । गतवर्ष बेलायतमा पत्रकारको रुपमा कार्यरत चिनियाँ जासुसलाई कारबाही गरी देश निकाला गरिएको दि टेलिग्राफ पत्रिकाले जनाएको छ ।
चीनको राज्य सुरक्षा मन्त्रालयका तीन गुप्तचर अधिकारीले तीन फरक चिनियाँ मिडिया एजेन्सीहरूको लागि काम गर्ने योजना बनाएको समाचारमा उल्लेख छ । उनीहरूको वास्तविक पहिचान एमआई–५ द्वारा पत्ता लगाइएको र उनीहरुलाई चीन फर्कन बाध्य पारिएको बेलायतले जनाएको छ ।
यससँगै हिजो बिहीबार बेलायतको मिडिया नियामकले एउटा चिनियाँ टिभी लाइसेन्स रद्द गरेको छ । उक्त च्यानलको अन्तिम सम्पादकीय जिम्मेवारी चिनियाँ कम्युनिष्ट पार्टीको रहेको थाहा लागेपछि लाइसेन्स रद्द गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।