चन्द्रागिरि हिल्सको आइपिओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले जारी गरेको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै आइतबारबाट कारोबार हुनेछ ।
‘सिजिएच’ कोड रहेको कम्पनीको पहिलो कारोबार मूल्य सीमा प्रतिकित्ता ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसासम्म तोकिएको छ ।
चन्द्रागिरि हिल्सको सेयर राजिष्ट्रसम्वन्धी सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
प्रधान कार्यालय चन्द्रागिरि नगरपालिका–४ थानकोटमा रहेको कम्पनीले केवलकार र रिसोर्ट सञ्चालन गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।