महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ निष्कासन मिति परिवर्तन भएको छ । सिडिएस एण्ड क्लियरिङको अनुरोधमा निष्कासन मिति परिवर्तन गरी पछाडि सारिएको लघुवित्तले बताएको छ ।
लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सिडिएस एण्ड क्लियरिङले प्राविधिक कारण जनाई सो निष्कासन मिति सार्न अनुरोध गरेको कम्पनीको सूचनामा उल्लेख छ ।
यसअघि २८ गतेदेखि निस्कासन गर्ने भनिएको लघुवित्तको आइपिओमा अब माघ ३० गतेदेखि निस्कासन हुने छ । आइपिओमा छिटोमा फागुन ४ गतेसम्म र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।