सबै जिल्ला सदरमुकाममा जसपाको विरोध प्रदर्शन

जनता समाजवादी पार्टी नेपालले सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको जसपाले तेस्रो चरणको कार्यक्रममा जिल्ला सदरमुकाम, निर्वाचन क्षेत्र र स्थानीय तहमा केन्द्रित गरेर विरोध कार्यक्रम घोषणा गरेको  हो । दुई चरणको विरोध कार्यक्रममा आमसभादेखि शक्ति प्रदर्शन गरेको जसपाले पछिल्लो समय निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

जसपा केन्द्रीय पार्टी कार्यालयका अनुसार शुक्रबार सबै जिल्ला सदरमुकाममा जिल्ला कार्यसमितिले विरोध प्रदर्शन गरेका हुन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संखुवासभा पुगेर आजको विरोध कार्यक्रममा सहभागी भएका थिए ।





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १९:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया