नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

मेडी नेपाल हेल्थ केयर प्रालिले काठमाडौंको कालोपुलमा २३ गतेदेखि ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सबै मानिसको अस्पतालसम्म पहुँच नभएको र सानोतिनो समस्यामा अस्पताल नजाने चलन भएकाले नियमित जाँच गर्ने र स्वास्थ्यको ख्याल राख्ने बानीको विकास गराउनका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मेडी नेपाल हेल्थ केयर प्रालिका सञ्चालक समिति सदस्य सुजन अधिकारीले जानकारी दिए ।

स्वास्थ्य शिविर माघ २५ गतेसम्म बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने अधिकारीले जानकारी दिए । दुईजना वरिष्ठ डाक्टरहरुले जाँच गर्ने उनको भनाइ छ । स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, ज्वरो, तौल लगायत जाँच गरिने जनाइएको छ ।





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार २०:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया