चीनले नेपाललाई कोरोनाविरूद्धको ५ लाख डोज खोप दिने

काठमाडौं : चीनले नेपाललाई कम्तीमा पनि ५ लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तामा यस्तो समझदारी बनेको हो।

फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्रालयले जनाएको छ। 

यसअघि नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीले तीन लाख डोज खोप उपलब्ध गराउने बताएकी थिइन्। दुई नेताबीचको फोन वार्तामा नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे छलफल भएको बताइएको छ। 

चिनियाँ दूतावासमा प्रवक्ता झांग सीले दुवै देशका विदेशमन्त्रीबीच द्विपक्षीय हित र कोरोना भाइरस नियन्त्रणमा सहयोग एवम् भ्याक्सिन उपलब्ध गराउनेबारे छलफल भएको जानकारी सञ्चारकर्मीहरूलाई दिएका छन् 

परराष्ट्रमन्त्रीले खोप उपलव्ध गराउने भएकोमा चिनियाँ समकक्षीलाई धन्यवाद दिए। नेपालले चीनमा उत्पादित भ्याक्सिन प्रयोगका लागि अनुमति दिइसकेको छैन। 



चीन भन्दा अघि भारतले १० लाख डोज खोप दिइसकेको छ। त्यस्तै आजै बेलायतले पनि नेपाललाई २० लाख खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ। 



  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार २२:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया