डेढ महिनादेखि हराइरहेकी वृद्धको शव जंगलमा भेटियो
सांकेतिक फोटो

करिब डेढ महिनादेखि हराइरहेकी पाल्पाकी एक वृद्धाको शव जंगलमा फेला परेको छ । तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत पुस ४ महिनादेखि ती वृद्धा हराएकी थिइन् । खोजी गर्ने क्रममा उनको शुक्रबार माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा मृत अवस्थामा उनी फेला परेकी हुन् । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार ७:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया