माटोको ढिस्कोले पुरिएर ३ युवतीको मृत्यु, २ जना घाइते
सांकेतिक फोटो

कैलालीको जानकी गाउँ पालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

शनिबार विहान घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार घटनामा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १४:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया