बहुमतको म्याण्डेट स्वार्थमा रुपान्तरण हुँदा जनतामाथि धोका : राणा
फरकधार / २४ माघ, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले लाञ्छना र मुडभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्चित हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपालाई जनताले दिएको बहुमतको म्याण्डेट स्वार्थमा रुपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ । ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने ।

‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्ने प्रश्न आम भएको देखिन्छ । जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठीत हुने गर्दछ,’ उनले शनिबार ट्विट गर्दै भने ।

प्रजातन्त्र जोगाउन निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था र हिन्दुराष्ट्रको बलियो आधार आवश्यक रहेको राप्रपाको ठहर छ ।

 

  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १८:४१:४६,   अन्तिम अपडेट : माघ २४, २०७७ शनिबार १८:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया