वुहानमा समुद्री खानाबाट फैलिएको थियो कोरोना : विश्व स्वास्थ्य संगठन

एजेन्सी : सन् २०१९ डिसेम्बरमा चीनको वुहानस्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड-१९ सङ्क्रमण फैलिएको अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ। 

विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा गरेको लामो अनुसन्धानबाट यस्तो विवरण आएको उनीहरुले जनाएका छन् ।

यो अनुसन्धान टोलीले कोभिड अन्यत्र कतै उत्पति भएको दाबी गरेका छन्। उनीहरुले अन्यत्र देखिएको कोभिड सामुद्रिक खाना र तरकारी बजारबाट विस्तार भएको अनुमान गरेका हुन्। 

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार चीनको वुहान संक्रमण समुद्री खानाबाट फैलिएको देखिएको हो । यसबारेमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेको थियो। तर चीन सरकारले अनुसन्धानमा लागि आएन अनुमति दिएको थिएन ।

विश्‍व स्वास्थ्य संगठनको टोलीले केही साताअघि वुहानको तरकारी र समुद्री खाना विक्री हुने क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । अनुसन्धानबाट कोभिड त्यहाँको सामुद्रिक खानाको बजारबाट कोभिड विस्तार भएको पाइएको देखिएको छ। 

संगठनले चीनको वुहानमा फैलिनु अघि नै कोभिड सङ्क्रमण अन्यत्र पहिले नै देखिएको जनाएको छ। अनुसन्धानकर्ताहरुले कोभिड-१९ को भाइरस कहाँबाट उत्पति भएको हो भन्‍नेबारे अनुसन्धान भइरहेको जनाएका छन् ।



विश्व स्वास्थ्य संगठनको टोली वुहान शहरस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको पनि अध्ययन गरेका थिए।  उनीहरुले त्यस संस्थाको ल्याबमा पनि अनुसन्धान गरेपछि यो निचोड निकालेका चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।



  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १९:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया