नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपाको एकता गीत सार्वजनिक गरेका छन् ।
आफ्नै संयोजकत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका गौतमले एकता गीत सार्वजनिक गरेका हुन् ।
गीतमा उनले नेकपा किसान र मजदूरको साथी मात्र नभई विकास र समृद्धिको सारथि पनि भएको दाबी गरेका छन् ।
पार्टी जोगाउन सबै पक्ष आ–आफ्नो ठाउँबाट जुट्नुपर्नेमा जोड दिँदै उनले गीतमार्फत नेकपा बहुपार्टी समाजवादको विकास गराउने र राष्ट्रियता स्वाभिमान गौरव जोगाउने पार्टी भएके बताएका छन् ।
एकता अभियान गीत
वामदेव गौतम
उठ्छौ अब जुट्छौँ हामी एकतामा लाग्नलाई ,
अभियानमा हिँड्छौँ हामी पार्टी जोगाउनलाई ।।
नेकपा हो किसान र मजदूरको साथी,
नेकपा नै विकासको समृवृद्धि सारथी।
नेकपा हो नेपालको शान अनि मान,
नलाग्नू न नेता कमरेड यसलाई फुटाउन ।१।
यही पार्टी हो हाम्रो देशमा परिवर्तन ल्याउने,
बहुपार्टी समाजवादको विकास गराउने ।
राष्ट्रियता स्वाभिमान गौरव जोगाउने,
संसारभरि नेपालको इज्जत बढाउने ।२।
एकता नै बल हाम्रो एकता नै शक्ति ,
यही शक्तिले जन्माउँछ हाम्रो राष्ट्रभक्ति ।
राष्ट प्रिय बन्छ हाम्रो नेपाल कम्युनिस्ट पार्टी ,
मिलाएर नेता सबलाई जोगाऊँ यस्तो पार्टी ।३।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।