प्रदेश १ : प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने
फाइल तस्बिर

प्रदेश १ मा आज प्रदेशसभा बैठक बस्दैछ । गत माघ सात गते अधिवेशन सुरु भएको प्रदेशसभा करिब ३ सातापछि आज बस्न लागेको हो । 

आजको बैठकमा प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल हुने प्रवल सम्भावना रहेको छ । यसअघि बैठक रोकिएपछि प्रस्ताव टेबल हुन पाएको थिएन । 

सत्तारुढ नेकपाकै प्रचण्ड-माधव समूहले राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् । केन्द्रमा पार्टीमा राजनीतिक विभाजन भएपछि प्रदेश १ मा मुख्यमन्त्री राई पनि संकटमा परेका हुन् । 

भिम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेकाे प्रचण्ड-माधव समूहको दिउँसो २ बजे बस्ने बैठकमा अविश्वासको प्रस्ताव टेबल गराउने तयारी छ । तर, नेकपाको ओली समूहले यसलाई टार्ने प्रयासमा रहेको देखिएको छ । 





  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार ९:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया