बैतडीमा टिप्पर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ३ मड भन्ने स्थानमा आइतबार बिहान टिप्पर दुर्घटना हुँदा चालक शिवनाथ गाउँपालिका २ का ३९ वर्षीय हिक्मत साउदको घटनास्थलमै मृत्यु भएको हो । 

सुदूरपश्चिम प्रदेश–०१–००१ क १५८४ नम्बरको ढुंगा बोकेको टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले जानकारी दिए ।

सडकबाट खसेको टिप्पर भीरमा रुखको आडमा अड्किएको छ । दुर्घटना स्थलबाट मृतकका शव निकालिएको धामीले बताए ।





  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १२:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया