कार्यसूचीबारे नेकपाका दुई समूहबीच विवाद, प्रदेश सभा सुरु हुन सकेन

प्रदेश १ को प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन। आइतबार २ बजेका लागि बोलाइएको नेकपाका दुई समूहबीच कार्यसूचीलाई लिएर विवाद हुँदा अझै सुरु हुन नसकेको हो। कार्यसूचीमा के राख्ने भन्ने विषयमा सहमति हुन नसक्दा बैठक सुरु हुन नसकेको हो।

कार्यसूची तय गर्न १२ बजेदेखि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अझै चलिरहेको छ। ओली पक्षीय नेताहरुले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन नसक्ने अडान लिएका छन्। त्यसै गरी राईले निलम्बन गरेका १६ जना सांसद प्रदेश सभामा सहभागी हुन नपाउने सर्त लिएका छन् ।

'२ बजेका लागि बोलाइएको संसद बैठकका लागि माननीयज्यूहरु आइपुग्नु भएको छ' प्रदेशसभा एक कर्मचारीले भने, 'कार्यव्यवस्था समितिको बैठक चलिरहेको छ, अहिलेसम्म कति खेर बस्ने टुंगो लागेको छैन ।'

यस अघि माघ ७ को प्रदेश सभा बैठक प्रदेश प्रमुखले अधिवेशन आव्हानसम्बन्धी पठाएको पत्र पढेर स्थगित भएको थियो। अविश्वासको प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै सहमति हुन सकेको छैन ।





  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १५:१२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया