एजेन्सी– यो त्यो समयको कुरा हो, एमिलीसँग आफ्नो घर थिएन । उनी त सडकलाई नै आफ्नो घर मान्थिन् । त्यही सडकले उनलाई आश्रय दिएको थियो । उनी सडकमा बस्थिन्, त्यहाँ नै गीत गाउँथिन् अनि त्यसैबाट गुजरा चलाउँथिन् ।
तर, एक दिन एक प्रहरीले उनले गीत गाउँदै गरेको भिडियो आफ्नो फेसबुकमा राखे । यसले एमिलीको भाग्य बदलियो । उनले अमेरिकाको लस एन्जलसमा गीत गाउने सौभाग्य पाइन् ।
त्यो कन्सर्टमा पनि एमिलीले सडकमा हुँदा जुन गीत गाउँथिन्, तिनै गीत गाइन् ।
अब एमिलीको यो कन्सर्ट भव्य भएपछि उनलाई लाग्छ, मानिसहरु आफ्नो दिमागले हेर्छन्, मनले सुन्छन् । उनलाई त अब संगीतकारहरुले गीत रेकर्डिङ गर्न प्रस्ताव पनि गरेका छन् । कतिसम्म भने उनका फ्यानहरुले उनका लागि घर किनिदिन ७० लाख रुपैयाँसम्म जुटाइदिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।