उत्तर प्रदेशका ‘फेक मन्त्री’ १० दिनको मस्तीपछि प्रहरी नियन्त्रणमा

एजेन्सी– मानिसहरुले पनि आफूलाई के के गरेर ठगी गर्न सक्छन् ? अब यो प्रश्नको उत्तर झन् जटिल बनेको छ जब भारतमा एक व्यक्तिले आफूलाई उत्तर प्रदेशका मन्त्री भनेरै गोवामा सबै सरकारी सेवा उपभोग मात्र गरेनन्, वरपर गार्ड पनि राखेर हिँड्न सके । 

केही अघि पक्राउ गरेका ती व्यक्तिले आफूसँग गोवामा चार जना सहयोगी पनि लिएर गएका थिए ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले प्रहरीलाई खबर गरेपछि उनी गिरफ्तारीमा परेका हुन् । मंगलबार गिरफ्तार हुनुभन्दा पहिले १२ दिनसम्म उनी त्यहाँको सरकारी अतिथि गृहमा बसेका थिए । कतिसम्म भने उनले मुख्यमन्त्रीलाई भेट्ने समयसमेत मागेका थिए । अनि आफूलाई उत्तर प्रदेशका सहकारिता मन्त्री बताएका थिए । 

उनको सुरक्षामा गोवाकै प्रहरी पनि खटिएको छ ।

यी व्यक्तिले गोवाका सहकारिता मन्त्री गोविन्द गावडेलाई गत साता नै भेटिसकेका रहेछन् । उनीहरुले विभिन्न मुद्दामा पनि चर्चा गरेको समाचार अहिले भारतीय मिडियामा आएको छ ।

यहीबीच उनले गोवाको एउटा स्कुलमा मुख्य अतिथि भएर कार्यक्रममा सहभागिता पनि जनाए । 





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार ८:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया