चमोली हिम बाढी : उद्दार कार्य जारी, १४ को शव भेटिँदा १७० जना अझै बेपत्ता

छिमेकी राष्ट्र भारतको देव भूमि मानिने उत्तराखण्डमा हिजोदेखि प्राकृतिक विपत्तिको कहरमा परेको छ । चमोलीमा हिमताल फुटेर ठूलो बाढी आएपछि उत्तराखण्डमा प्राकृतिक विनाशको नयाँ रुप देखा परेको हो ।

हिमताल फुटेपछि धोली नदीमा आएको बाढीले धौलिगंगाको बाँधसहित केही गाउँहरु बगाएको छ । बाढीमा परी अहिलेसम्म १४ जनाको शव फेला परेको छ । 

स्थानीय प्रशासनका अनुसार बाढीमा अहिलेसम्म १७० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । बाढीका कारण ३० जना व्यक्ति एउटा सुरुङमा फसेका छन् । उनीहरुको उद्दार गएको ३ सय जनाको टोलीले अहिलेसम्म उद्दारको प्रयास गरिरहेको छ । 

बाढीमा परेकाहरुमध्ये अहिलेसम्म १२ जनाको शकुसल उद्धार भइसकेको छ । सुरुङमा फसेकामध्ये पनि १५ जनालाई निकालिएको उद्दार टोलीलाई उधृत गर्दै आजतकको अनलाइन संस्करणले लेखेको छ । 

उद्दार तथा राहतमा स्थानीय प्रशासन, प्रहरी, स्थल सेनाको टोली हिजैदेखि खटिएको छ । आजदेखि भारतीय वायु सेनाको एउटा टोली पनि उद्दारमा खटिएको समाचारमा जनाइएको छ । 





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार ९:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया