श्री एअरको सुर्खेत विमानस्थलमा परीक्षण उडान

श्री एअरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ । परीक्षण उडानका लागि स्वीकृति पाएको निजी वायु सेवा कम्पनी श्री एअरलाइन्सले सोमबार बिहान परीक्षण उडान गरेको हो । श्री एअरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले परीक्षण उडान गरेको छ ।

काठमाडौँबाट नेपालगञ्ज हुँदै आएको जहाज परीक्षण उडान गरेर पुनः काठमाडौँ फर्किएको सुर्खेत विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । बिहान १० बजेर ३५ मिनेटमा उक्त जहाज धावनमार्गमा अवतरण गरेको जहाज सुर्खेतको आकाशमा दुई वटा परीक्षण गरिसकेपछि बिहान ११ बजेर ४० मिनेटमा फर्किएको प्रमुख पन्थीले बताए । 

‘आज (सोमबार) परीक्षण उडान गरेको जहाज सुर्खेत विमानस्थलबाट भइरहेका फ्लाइटमध्ये सबैभन्दा ठूलो हो,’ उनले भने, ‘पाइलटहरू, प्राविधिकको टोलीले नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ, के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारे अध्ययन गर्नेछन् ।’ परीक्षण उडानपछि प्राविधिकहरूले प्रतिवेदन तयार पारेर पेस गरेपछि मात्रै नियमित उडानका लागि अनुमति पाउने, नपाउने भन्न सकिने बताए ।





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १४:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया