दक्षिण अफ्रिकाविरुद्ध १८ वर्षपछि पाकिस्तानलाई टेस्ट सिरिज

दक्षिण अफ्रिकाविरुद्ध २ खेलको टेस्ट सिरिज घरेलु टोली पाकिस्तानले हात पारेको छ । दोस्रो टेस्टमा ९५ रनको जित हात पार्दै पकिस्तानले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । 

दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा पाकिस्तानको यो जित सन् २००३ पछिको पहिलो हो । पाकिस्तानले दिएको ३७० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका २७४ रनमै समेटियो ।

उसका लागि एडियन माक्रमले शतकीय पारी खेले । ८१.१ ओभरमा हसन अलीले  इम्रान बटबाट क्याच गराउनुअघि उनले २४३ बलमा १३ चौका र ३ छक्काको मद्दतले १०८ रन प्रहार गरे । टेम्बा बाभुमाले १२५ बलमा ६ चौकाको मद्दतले ६१ रनको योगदान दिए ।

पाकिस्तानका लागि हसन अलीले ५, साहिन अफ्रिदीले ४ र यासिर शाहले १ विकेट हात पारे । 

पाकिस्तानले दोस्रो पारीमा सबै विकेट गुमाउँदै २९८ रन बनाएको थियो । उसका लागि मोहम्मद रिजवानले अवजित ११५ रनको योगदान दिए । उनले २०४ बलमा १५ चौका प्रहार गरे । नुमन अलीले ४५ र अजर अलीले ३३ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि एनरिच नोत्जेले ५, केशव महाराजले ३ र कागिसो रावडाले २ विकेट हात पारे ।



रावलपान्डी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पहिलो पारीमा सबै विकेट गुमाउँदै २७२ रन बनाएको थियो । 

उसका लागि फहिम आश्रफले अविजित ७८ रनको योगदान दिए । उनले १६० बलमा १२ चौका प्रहार गरे । बाबर अजामले ७७ र फवाद अलामले ४५ रनको योगदान दिए । 



दक्षिण अफ्रिकाका लागि एनरिच नोत्जेले ५, केशव महाराजले ३ र विआन मुल्डरले १ विकेट लिए । 

दक्षिण अफ्रिका पहिलो पारीमा मात्र २०१ रनमा समेटिएको थियो । उसका लागि टेम्बा बाभुमाले अविजित ४४ रनको योगदान दिए । विआन मुल्डरले ३३ र एडियन माक्रमले ३२ रन बनाए ।

पाकिस्तानका लागि हसन अलीले ५, साहिन अफ्रिदी, फहिम आश्रफ र नुमन अलीले समान १–१ विकेट हात पारे ।

पहिलो टेस्टमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो ।

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १७:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया