नेकपा विवाद हेर्ने जिम्मा नवनियुक्त निर्वाचन आयुक्तलाई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद हेर्ने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।

आयोगमा नियुक्त भए लगत्तै भण्डारीले विभाजित नेकपाको विवाद सुल्झाउने जिम्मेवारी पाएका हुन् । आयुक्तहरुको जिम्मेवारी बाँडफाँड गर्दा कानुन अध्ययन गरेकाले उनलाई जिम्मेवारी दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रचण्ड-माधव समूहले बुझाएको आधिकारिकताको अध्ययन गरिरहेको र त्यसपछि निर्णय लिने उनले बताए । ‘कानुन अध्ययन गरेको हिसाबले विवाद हेर्ने जिम्मेवारी उहाँलाई दिइएको हो । तर, संस्थागत जिम्मेवारी, हाम्रो सामूहिक उत्तरदायित्व हो । उहाँले हेरे पनि सामूहिक रुपमा निर्णय हुन्छ’, आयोगका अर्का आयुक्तले भने ।

निर्वाचन आयोगले पार्टी एक रहेको भन्दै ओली र प्रचण्ड-माधव समूहले छुट्टाछुट्टै निर्णय गरेर बुझाएको विवरण अध्यावधिक गर्न अस्वीकार गरेको थियो । त्यसपछि प्रचण्ड-माधव समूहले माघ २० गते राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेको छ । उक्त समूहले १९ पृष्ठको पत्र बुझाउँदै आधारिकता माग गरेको हो ।





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १९:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया