ओलीनिकट युवा संघको अध्यक्षमा बचनबहादुर सिंह

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन्। संघको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेकाे केन्द्रीय कमिटी बैठकले सिंहलाई अध्यक्षमा चयन गरेको हाे।

बैठकबाट सहअध्यक्ष पदमा किरण पौडेल र महासचिव पदमा रमेश आचार्य चयन भएका छन्। सिंहले आगामी जेठसम्म संघको नेतृत्व गर्नेछन् । जेठमा उनी ४० लाग्ने भएकाले त्यसपछि सह-अध्यक्ष पाैडेलले नेतृत्व सम्हाल्ने भएका छन्।
यसअघि अध्यक्ष अनि नेकपा माओवादीसँग एकतापछि सह-अध्यक्ष रहेका रमेश पाैडेललाई नेतृत्वबाट बैठकले बिदा गरेको छ ।

आइतबारबाट सुरु युवा संघको बैठकले यसअघिका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई संगठनको अध्यक्षबाट हटाएको थियो । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि पार्टीमा देखिएको विभाजनयता दीपशिखा नेकपा प्रचण्ड–माधव समूहमा लागेका छन् ।

दीपशिखा प्रचण्ड–नेपाल समूहमा लागेपछि उनलाई संयोजकबाट निष्कासन गर्न सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । यसअघि नेकपाको ओली समूहनिकट प्रेस संगठन, नेपालले पनि अध्यक्ष महेश्वर दाहाललाई पदमुक्त गरेको थियो । अनेरास्ववियुमा ओलीनिकट ऐन महर नै नेतृत्वमा छन् ।





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार २३:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया