वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा प्रतिनिधिसभा निर्वाचन !

काठमाडौं : सरकारले पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २०७८ वैशाख १७ र २७ गते सातवटा प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।

पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्ने तयारी सरकारले गरेको हो। २७ गते देशका ३७ वटा जिल्लामा निर्वाचन हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। 

वैशाख १७ गते प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुनेछ। दोस्रो चरण अर्थात् वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा निर्वाचन हुने गुरुङले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाखमा २ चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी थिइन्। तर दुई समूहमा विभाजित नेकपामा आधिकारिकता विवाद मिलिनसकेकाले निर्वाचन अझै पनि अन्योलमा परेको छ। 





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १३:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया