घरघरमा वृद्ध वृद्धालाई लौरो र छाता बाड्दै विराटनगर

विराटनगर महानगरपालिकाले ८४ वर्ष कटेका ज्येष्ठ नागरिकलाई बुढेसकालको सहारा मानिने लौरोसहित छाता,  पानी पिउने बोतल र टर्च लाइट वितरण गर्न थालेको छ ।

अघिल्लो वर्ष नै वितरण गर्ने तयारी गरेको महानगरले  कोरोना महामारीलगायतका कारण बल्ल वितरण आरम्भ गरेको हो । विराटनगर १८ बाट महानगरका प्रमुख भीम पराजुलीले शुभारम्भ गरेको यो कार्यक्रममा १ हजार ३५० जना वृद्धवृद्धाले  उक्त सामग्री वितरण प्राप्त गर्ने भएका हुन् ।

संघीय सरकारले घोषणा गरे भन्दा थप सामाजिक सुरक्षा भत्ता महानगरको तर्फबाट वितरण गर्दै आएको भन्दै महानगर प्रमुख पराजुलीले वृद्धवृद्धाहरुलाई हिँडडुलमा सघाउ पुर्‍याउन लौरो, छाता, टर्च वितरण सुरु गरिएको बताए । 

महानगरले वृद्धवृद्धालाई वितरण गर्ने उद्देश्यले दुई वर्षअघि नै खरिद गरेको थियो । आर्थिक वर्ष ०७५/७६ मा १२ लाखमा खरिद गरिएका उक्त सामग्री कोरोनाको महामारीलगायतका कारणले वितरणमा ढिलाइ भएको पराजुलीले बताए। ‘भव्य कार्यक्रम गरेर वितरण गर्ने योजना बनाएका थियौं’, प्रमुख पराजुलीले भने, ‘कोरोनाले सकिएन, त्यसैले अब घर घर पुर्‍याउन लागेका हौं ।’

उनले अलिकति ढिलै भए पनि लक्षित वर्गलाई उक्त सामग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १४:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया