राजेश हमाल 'महानायक' करिश्मा मानन्धर ‘महानायिका’

नेपाली चलचित्रकी सदाबहार नायिका नायिका करिश्मा मानन्धरलाई 'महानायिका' घोषणा गरिएको छ। काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा आरके इन्टरटेनमेन्टले करिश्मालाई महानायिका घोषणा गरेको हो। 

नायिका मानन्धरले नेपाली फिल्म क्षेत्रलाई लामो समयदेखि दिएको योगदानको कदर गर्दै उक्त उपाधि दिइएको आयोजकले जनाएको छ। करिश्माले १४ वर्षको उमेरमा अभिनय थालेकी थिइन्। उनले अभिनेत्रीका रुपमा डेब्यू गरेको चलचित्र प्रकाश थापा निर्देशित‘सन्तान’ हो।

यस फिल्ममा अभिनय गरेपछि उनले कहिलै पछाडि फर्केर हेर्नु परेन। चलचित्र ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजू, मायालु, एक नम्बरको पाखे, जिन्दगी, वसन्ती, ढुकढुकी’ आदि उनी अभिनित सुपर हिट चलचित्र हुन्। दर्शकले उनको ‘केमेस्ट्री’ महानायक अभिनेता राजेश हमालसँग अत्याधिक रुचाएका थिए। राजेशलाई पनि 'महानायक'का रुपमा चर्चामा ल्याउने गरिएको छ। 

हमाललाई दिइएको ‘महानायक’ उपाधि पनि बेला बेलामा विवाद पर्ने गरेको छ। अब करिश्मालाई दिइएको ‘महानायिका’ उपाधिले पनि उनलाई विवादमा तान्न सक्ने बताइन्छ। 





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १४:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया