संसद् विघटन र संवैधानिक नियुक्ति संविधानवादमाथि नाङ्‍गो हस्तक्षेप : भीमार्जुन आचार्य

काठमाडौं : संविधानविद् डा .भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा भएको नियुक्तिलाई संविधानवादमाथिको नाङ्गो हस्तक्षेप भनेका छन्। गैरकानुनी रुपमा सिफारिस गरिएका व्यक्तिलाई संवैधानिक आयोग र निकायमा अनुमोदन गरिएको भन्दै त्यसो गर्नु संविधानवादमाथिको प्रहार भएको उनले बताए।

संविधान निगरानी समूहद्वारा मंगलबार राजधानीमा आयोजित ‘वाक स्वतन्त्रता र संविधानवाद उपर बढ्दो चुनौतीहरू र तिनको संरक्षणको लागि सम्भावित आयामहरू’ विषयक अन्तरक्रियामा आचार्यले वर्तमान सरकार संविधान च्यात्न उद्यत भएको टिप्पणी गरे। 

वाक स्वतन्त्रताको विषयमा बोलेका आचार्यले अदालतमा विचाराधीन मुद्दामा बोल्न पाइँदैन भनेर संसारको कुनै आधुनिक शास्त्रले नभन्ने तर्क गरेका छन्।  ‘अदालतमा विचाराधीन विषयमा बोल्न पाउँदैन भनेर संसारको कुनै पनि आधुनिक शास्त्रले भन्दैन,’ उनले भने, ‘संवैधानिक कानुनको विकास नै स्वस्थ बहस र छलफलबाट नै हुन्छ। राष्ट्रिय सरोकारका विषयमा जति पनि स्वस्थ बहस, छलफल हुनसक्छ।’





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १८:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया