मुटुराेगका १० कारण र समाधान

एजेन्सी– मुटु रोगबारे सुन्दा मात्रै हामीलाई डर लाग्न थाल्छ, तर हामीले थोरै मात्र सावधानी अपनाउन सक्यौँ र जीवनशैली स्वस्थ र सही भयो भने मुटु रोगबाट बच्न सक्छौँ । त्यसका लागि हाम्रो जीवनशैली ठीक हुनुपर्छ । त्यसका लागि बेलाबेलामा स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । 
मुटुसम्बन्धी रोगका कारण र यसका समाधानका उपाय जानौँ :

१. धूम्रपान 
मेडिकल क्षेत्रमा भएका तमाम अनुसन्धानले यो देखाएको छ कि धूम्रपान गर्ने व्यक्तिमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना ५० प्रतिशतले धेरै हुन्छ । धूम्रपान छाड्नेबित्तिकै मुटुसम्बन्धी रोग ५० प्रतिशत कम भएर जान्छ । धूम्रपान गर्न छाडेको दुई वर्षभित्रै मुटु सफा हुन्छ । 

२. कोलेस्ट्रोल 
राम्रो(गुड) वा खराब (ब्याड) कोलेस्ट्रोल बढ्दा वा कम हुँदा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना ४०–५० प्रतिशतले बढ्छ । यदि डाइटमा ४०–५० प्रतिशत वा सोभन्दा बढी फ्याट लिँदा त्यो कोलेस्ट्रोल वा सिरम अर्थात् ब्लड कोलेस्ट्रोलमा बदलिन सक्छ । यस्तोमा हामीले डाइटमा कार्ब वा फ्याट कम गर्नुपर्छ । डाइटमा २०–३० प्रतिशत कार्ब, २०–३० फ्याट प्रतिशत र ५०–६० प्रतिशत प्रोटिनको हिस्सा लिँदा राम्रो हुन्छ । यसो गर्दा शरीरमा खराब र नचाहिने किसिमको कोलेस्ट्रोल जम्मा हुँदैन । जम्मा कोलेस्ट्रोल २०० भन्दा कम र खराब कोलेस्ट्रोल (ब्याड) १३० भन्दा कम राख्ने कोसिस गरौँ । 

३. डायबिटिज 
सुगरका बिरामीलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना ३०–४० प्रतिशतले धेरै हुन्छ । डाक्टरको सल्लाहअनुसार चिनी सुगरका बिरामीले एसजिएलटी–२ औषधि लिनुपर्छ । यो औषधिको सहायताले सुगर रोगीमा मुटु रोगको खतरा ३० प्रतिशतले कम गरिदिन्छ । शरीरको तौल र सुगरलाई पनि कम राख्नुपर्छ । 

४. मोटोपन 
मोटपनाले मुटु रोगको खतरा ३०–४० प्रतिशतले बढाइदिन्छ । आफ्नो तौल र बिएमआईलाई सन्तुलनमा राख्नुपर्छ । बिएमआई २५ भन्दा धेरै हुनु राम्रो होइन । 
पुरुषले आफ्नो कम्मरको मोटाइ ४० र महिलाले ३५ इन्च भन्दा बढ्न दिनुहुँदैन । तपाईंको तौल ज्याद छ भने सबैभन्दा पहिले त्यसलाई कम गर्नतिर लाग्नुुस् ।

५. उच्च रक्तचाप 
रक्तचापलाई सधैँ १३०÷८० भन्दा कम राख्ने प्रयास गर्नुस् । दैनिक आहारमा फलफूल र तरकारीलाई सकेसम्म सामेल गराउनुहोस् । दैनिक शारीरिक व्यायाम गर्नुस् । ध्यान र प्राणायमलाई एउटा अभिन्न अंगजस्तै बनाउनुहोस् । प्राणायाममा पनि शीतली प्राणायाम र उज्जायी प्राणायाम नछुटाउनुस् । यी दुई किसिमका योगले मनलाई शान्त र रक्तचापलाई सन्तुलनमा राख्छ । 



६. फ्यामली हिस्ट्री 
परिवारमा कसैलाई मुटुसम्बन्धी समस्या छ वा थियो भने २५ वर्षको उमेरदेखि नै नियमित रूपमा रक्तचाप चेक गर्ने गर्नुपर्छ । समस्या देखिएको खण्डमा डाक्टरले तपाईंलाई इसिजी र इको जाँच गराउन सल्लाह दिन सक्छन् । 

७. शारीरिक अभ्यासको कमी 
तपाईंमा यदि मुटुसम्बन्धी रोग छ भने कम्तीमा पनि दैनिक आधा घण्टा कार्डियो अभ्यास गर्नुस् । अभ्यासमा छिटो हिँड्ने, जगिङ, स्विमिङ, एरोबिक्स, डान्स आदि अभ्यास पर्छन् । यसबाहेक ५ मिनेट लामो श्वास लिने, १० मिनेट अनुलोम–विलोम र ५ मिनेट शीतली प्राणायाम गर्नुस् । 



८. चिन्ता 
दैनिक १०–१५ मिनेट ध्यान, लामो श्वास–प्रश्वास र प्राणायाम गर्नुस् । प्राणायाम गर्नाले अनिद्रा, उच्च रक्तचाप, बेचैनी, धेरै रिसाउने र माइग्रेसनको समस्यालाई कम गर्छ । तर, मुटुको रोग देखिइसकेकाहरुले चाहिँ यस्तो गर्नुहुँदैन । नाक र काममा इन्फेक्सन भएकाहरुले यी प्राणायाम गर्नुहुँदैन । यस्तो समस्या हुनेले आफूलाई मन लागेको काम गर्नमा र बच्चासँग खेल्नमा व्यस्त राख्नुस् । 

९. तरकारी र फलफूलको कम सेवन 
दैनिक रुपमा कम्तीमा पनि विभिन्न पाँच रङ र किसिमका फलफूल र तरकारीको सेवन गर्नुुस् । हरियो, ओरेन्ज र पहेँलो रंगका सागसब्जी र फलफूल हुनैपर्छ ।

१०. अत्यधिक रक्सी सेवन 
एक दिनमा पुरुषले ६० र महिलाले ३० मिलीभन्दा ज्यादा रक्सी खानुहुँदैन । योभन्दा ज्यादा पिउनाले मुटु रोग हुने सम्भावना धेरै हुन्छ ।

यीबाहेक, दिनमा १–२ ओखर वटा र ८–१० वटा बदाम खानुहोस् । कम्तीमा ७–८ घन्टाको निद्रा लिनुहोस् । साथै, स्वस्थ मुटुका लागि दैनिक आलस र सूर्यमुखीका दाना एक चम्चा खानुस् । 


 

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार २३:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया