एजेन्सी– भारतमा एक जना बिजुलीको बिल तिर्नका लागि सिक्कै सिक्काले भरिएको थैलो लिएर विद्युत् कार्यालय पुगेका छन् । यो भारतको हाथरस भन्ने ठाउँको चिलर प्लान्टमा तिर्नु पर्ने विद्युत् महसुलको कुरा हो । त्यहाँ ती युवाले ११ लाख बक्यौता तिर्नु पर्ने रहेछ । त्यसैले उनी एउटा थैलोमा सिक्का मात्र लिएर विद्युत् कार्यालय पुगे ।
सहरको चर्चित चिलर प्लान्टले पैसा नतिरेको थुप्रै समय भएको रहेछ । तर, विद्युत् कार्यालयले उनको पैसा लिन मानेन ।
चिलर प्लान्टका म्यानेजरले चाहिँ आफ्नोमा दूध र बर्फ बेच्दा सिक्का मात्र आउने भएकाले त्यही पैसा तिर्न खोजिएको बताएका छन् । उनले सिक्काबाट नै सबै पार्टीलाई अहिलेसम्म भुक्तानी गर्दै आएको बताएका छन् । यसअघि पनि विद्युत् कार्यालयले सिक्कामात्र दिँदा भुक्तानी नलिएको उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।