किन नाच्ने ?

 

  • कला र मनोरञ्जनका लागि मात्रै नभएर नृत्य स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायी छ । यसले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्छ । 
  •  दैनिक करिब एक घन्टा पसिना निकालेर नाच्दा विभिन्न रोगबाट समेत टाढा रहन सकिन्छ । नाच्दा एक सयदेखि चार सयसम्म क्यालोरी घट्ने भएकाले तौल व्यवस्थापन गर्न सजिलो हुन्छ । 
  •  बिहानको समयमा नृत्य गर्दा वा सिक्दा झन् प्रभावकारी हुन्छ । नियमित नृत्य गरेमा शारीरिक रूपमा फिट रहन सकिन्छ । साथै, रक्तसञ्चार राम्रो हुन्छ र समग्र वृद्धि–विकासमा मद्दत पुग्छ ।
  •  नृत्यले शरीरमा सकारात्मक ऊर्जा पैदा गर्छ । एक्लोपना, डर, चिन्ता र डिप्रेसनजस्ता समस्याबाट टाढा राख्छ । संगीतको तालमा नृत्य गर्दा मन शान्त रहन्छ र मस्तिष्क क्रियाशील हुन्छ ।
  •  नृत्य गरेरै तनावबाट राहत महसुस गर्न सकिन्छ । खासगरी, कामकाजी मानिसले साँझतिरको समय नृत्य गर्न उचित हुन्छ । साँझको नृत्यले दैनिक कामका कारणले हुने तनाव हटाउन र शान्त महसुस गर्न मद्दत पु¥याउँछ । त्यस्तै, शरीरमा स्फूर्तिसमेत महसुस गराउँछ ।  
  •  नाच्दा आत्मविश्वास बढ्छ । शरीरमा छुट्टै किसिकको ऊर्जा आउने भएकाले हिच्किचाहटसमेत टाढा भाग्छ । आजभोलि अधिकांशले मोबाइल, कम्प्युटर, टिभीमा अत्यधिक समय बिताउने गर्छन् । यस्तो निष्क्रिय जीवनशैलीले विशेषगरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । 
  •  बालबालिकालाई सामाजिक सञ्जालको लतबाट टाढा राख्न, पढाइको बोझबाट रिफ्रेस गराउन पनि नृत्य सिकाउन जरुरी छ । यसले स्मरणशक्तिसमेत बढाउँछ ।  




  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार २३:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया