प्रचण्ड-माधव पक्षको प्रदर्शन : पोखरेलदेखि महरासम्म जुलुसको नेतृत्व गर्दै सडकमा
फाइल तस्बिर

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्दैछ । आजको प्रदर्शनमा २ लाख मानिस सडकमा उतार्ने रणनीतिमा रहेको प्रचण्ड-माधव समूहले विभिन्न क्षेत्रबाट निस्कने जुलुसमा केन्द्रीय नेतालाई जिम्मेवारी तोकेको छ । 

समूहका अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेताहरुलाई आन्दोलनको मोर्चा तोकिएको छ । 

जसअनुसार काठमाडौं उपत्यकाको विभिन्न ५ स्थानबाट निस्कने जुलुसलाई विभिन्न केन्द्रीय नेताले नेतृत्व गर्दै मुल जुलुसमा सामेल गराउने छन् । बिहान ११ बजेदेखि उपत्यकाका सबै ठाउँबाट जुलुस सुरु हुने समितिले जनाएको छ । 

समितिका सहसंयोजक योगेश भट्टराईले आजको विरोध सभा आफूहरुको आयोजनामा भएपनि एक पार्टीको मात्रै नभएर सरकार संसद विघटनको विपक्षमा रहेका सबैको भएकाले सरकारको कदमको विरोधमा रहेका सबै शक्तिलाई सभामा सहभागी हुन हिजै फेसबुक लाइभमार्फत अनुरोध गरिसकेका छन् । 

गत माघ ९ गतेपनि प्रचण्ड-माधव समूहले सरकारको विरोधमा काठमाडौंमा प्रदर्शन गरिसकेको छ । त्यसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले माघ २३ गते प्रदर्शन गरेलगत्तै आज फेरि विरोध प्रदर्शन हुन लागेको हो । 






  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार ७:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया