ह्वाइटहाउस छाडेका ट्रम्पविरुद्ध 'महाअभियोग' अघि बढाउन अमेरिकी सिनेटले दियो स्वीकृति
फाइल तस्बिर

ह्वाइट हाउस छाडिसकेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोग ​प्रस्तावमा सिनेटले स्वीकृति दिएको छ । सिनेटले प्रस्तावमा प्रक्रिया अघि बढाउनका लागि भनेको छ । 

रिपब्लिकन पार्टीका केही सदस्यहरुले विरोध गरेपनि ट्रम्पविरुद्धको प्रस्तावको पक्षमा ५६४४ को मतले सिनेटले प्रक्रियामा पठाएको हो । यससँगै ट्रम्प विरुद्धको महाअभियोग पारित हुने दिशामा अघि बढेको छ । 

गत महिना अमेरिकी कंग्रेसको मुख्यालय क्यापिटल हिलमा भएको भौतिक आक्रमणको दोषी ट्रम्पलाई करार गर्दै डेमोक्रेटिक सिनेटरले महाअभियोगको प्रस्ताव गरेका थिए । उनीहरुले उक्त आक्रमणको पूर्ण जिम्मा ट्रम्पले लिनुपर्ने बताएका थिए । 

तर, ट्रम्पको तर्फबाट भने सिनेटको उक्त कदम असंवैधानिक भएको प्रतिक्रिया आएको छ । उनका वकिलले पूर्वराष्ट्रपतिलाई महाअभियोग लगाउनु असंवैधानिक भएको बताएका छन् ।  

अमेरिकी सिनेटमा रिपब्लिकन र डेमोक्रेटिकको सदस्य संख्या बराबरको अवस्थामा छ । ट्रम्पविरुद्धको ​पारित गर्नका लागि सिनेटको दुईतिहाई मत आवश्यक हुन्छ । 





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार ८:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया