भारत लैजान लागेका ६७ गोरू लोड गरिएका तीनवटा  ट्रक  बरामद

मोरङको केराबारीबाट चोरी तस्करी गर्दै भारत लैजान लागेका ६७ वटा गोरु सहित तीन वटा ट्रक बरामद भएका छन् । केराबारी ५ स्थित  सतिसालेमा गोरु लोड गरेको ट्रक छ भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले  ट्रक बरामद गरेको हो ।

ना६ख ६१३२,ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरको ट्रकमा ६७ वटा गोरू फेला परेपछि इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको हो । सिन्धुपाल्चोक घर भएका ठेकेदार विश्व बस्नेतले गोरूको तस्करी गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

बस्नेतले केराबारी ८ बस्ने डोर बहादुर विक लगायत ९ जनाको व्यवसाय गर्दाको रकम समेत नदिएको खुल्न आएको प्रहरीले जनाएको छ ।  ट्रक, चालक र गोरु नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई अनुसन्धान पश्चात् आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले बताए । 





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १३:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया