'निर्वाचन आयोगले राम्रो लक्षण देखाएन, सर्वोच्चले ख्याल गरोस्'

पुस ५ गतेको प्रतिनिधिसभा विघटनसँगै आधिकारिकता लडाइँ रहेको नेकपाका कारण संवैधानिक निकायहरु अफ्ठ्यारोमा पर्ने अवस्था आएको छ। नेकपाका दुवै समूहका नेताहरु सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्क्याउन जुटेका छन्।

दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा भृकुटी मण्डपमा आयोजित विरोधसभामा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारिकता छानबिनका क्रममा निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताए। 

'निर्वाचन आयोगले गतिलो लक्षण देखाएको छैन। हामीसँग बहुमत छ भनेका छौँ। यो कुरा हामीले लिखित र मौखिक रुपमा पनि पटक पटक भनिसकेका छौं', उनले भने, 'तर केपी ओलीको धम्कीले गल्नु भयो भने तपाईँहरुका खुट्टी पनि देख्नेछन् नेपाली जनताले।'

प्रचण्डले आफूहरुको कार्यक्रममा आएका भीडकै कारण सर्वोच्चले निर्णय लिनुपर्ने पनि जिकिर गरेका छन्। बहुसंख्यक नेपाली आफ्नै पक्षमा रहेको पुष्टि यो सभाले गरेको पनि उनले बताए। 'यो भीड देखेर अब जनताको पक्षमा निर्णय लिन सर्वोच्च अदालतलाई सहज भएको छ। यदि यो जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी  आउँछ। देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, 'ग्रिन रिभोल्युसन' हुन्छ', उनले भने, '१० लाख जनता ल्याएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस्। केपीको चुनावी नौटंकी हुनेवाला छैन।' 
 





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १६:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया