पूर्वका ५ स्थानमा खेलकुदका भौतिक पूर्वाधार निर्माणमा लगानी

राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पूर्वमा खेलकुदका लागि ५ वटा भौतिक पूर्वाधार निर्माण गर्ने भएको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्षहरुबीच विराटनगरमा खेल पूर्वाधार निर्माणका लागि सम्झौता भएको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट खेल मैदान कटिङ, सम्याउने, रोलिङ तथा वाटरिङ गरी खेल मैदानमा खेल्न योग्य बनाउन राखेप सदस्यसचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष मो साद कुरेसीबीच सम्झौता भएको छ । त्यसका लागि ११ लाख ८१ हजार ३९ रुपैयाँ लागतमा राखेपले १० लाख उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । 

झापाको दमकमा निर्माणाधीन नारायण ज्योती बहुउद्देश्य कभर्डहलको पर्खाल लगाउन राखेपले १० लाख उपलब्ध गराउने सम्झौता भएको छ ।  सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रबहादुर प्रसाईबीच सम्झौता भएको छ । पर्खाल निर्माणमा ११ लाख २१ हजार ३६० रुपैयाँ लागत अनुमानमा १ लाख २१ हजार ३६० रुपैयाँ समितिले जुटाउने सम्झौतामा उल्लेख छ ।

संखुवासभाको खाँदबारी खेल मैदानको प्याराफिट निर्माणका लागि राखेपले १५ लाख उपलब्ध गराएको छ । सिलवाल र उपभोक्ता समितिका अध्यक्ष रमेश श्रेष्ठबीच सम्झौता भएको छ । 

सुनसरीको वराहक्षेत्रस्थित वसन्तऋतु खेलमैदानमा गेट निर्माणका लागि राखेपले १० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता समितिका अध्यक्ष खेम उदाससँग गरेको छ । यस्तै प्रदेश दुईको सिराहाको गोलबजार एकीकृत खेल मैदानमा तारजाली लगाउनका लागि राखेपले १० लाख उपलब्ध गराउने सम्झौता भएको छ ।





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १८:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया