धमाधम प्रहरी भवन बनाउँदै प्रदेश सरकार

हेटौंडा–१५, रातोमाटेस्थित सशस्त्र प्रहरी गणको ब्यारेक भवनको बुधबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भवनको उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार रुपैयाँ लागतमा १६ कोठा भएको तीन तले भवन निर्माण गरिएको हो । उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले पूर्वाधारको अभावमा सुरक्षा व्यवस्था कायम हुन नसक्ने बताए । पौडेलले पूर्वाधार तथा स्रोतसाधन सम्पन्न भए मात्रै सुरक्षा व्यवस्था कायम गर्न सकिने बताए ।

४६ अन्तिम चरणमा, २१ स्वीकृति 

बागमती प्रदेश सरकारले कानुनी अस्पष्टताका कारण केही असहजताका बाबजुद बागमती प्रदेश सरकारले सुरक्षा निकायका ४६ वटा भवन निर्माण सम्पन्न गर्न लागेको र थप २१ वटा भवन निर्माण गर्न स्वीकृति प्रदान गर्नुका साथै बजेट समेत विनियोजन गरिएको पौडेलले जानकारी दिएका छन् ।

१७ वटा भवनको निर्माण पूरा भइसकेको र चालु वर्ष भित्रै ४६ वटै भवन निर्माण सम्पन्न हुने बताइएको छ । ब्यारेक भवन निर्माण भएसँगै प्रहरी कर्मचारीले सहज रूपमा काम गर्ने अवसर प्राप्त गर्ने रातोमाटे गणका गणपति प्रहरी उपरीक्षक केदार खनालले बताएका छन् । 

उद्घाटनमा बागमती प्रदेश सरकारका प्रमुख सचिव मानबहादुर बिके, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्तकुमार लामाको पनि उपस्थिति थियो ।





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १८:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया