अब पिसिआर शुल्क एक हजार मात्र

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क एक हजार लिने जानकारी दिए । 

यसअघि पिसिआर परीक्षण शुल्क दुई हजार लिने गरेको थियो । यस्तै, अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आज बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड–१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए । 

हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जना सङ्क्रमितकाे निधन भएकाे छ ।





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार २०:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया