रामचन्द्र पौडेललाई हराएर पार्टीबाट निकालिएका जोशीको कारबाही फिर्ता हुँदै
फाइल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत प्रतिनिधिसभा निर्वाचनमा हराएको आरोप लागेका गोविन्दराज जोशीको कारबाही फिर्ता दिन कांग्रेसको केन्द्रीय समितिमा निवेदन परेको छ । 

कांग्रेसको भानु १० का कार्यकर्ताहरुले पूर्वसहमहामन्त्री जोशीमाथि गरिएको कारबाही फिर्ता लिन भन्दै जिल्लालाई पत्र लेखेका थिए । सोही पत्र जिल्लाले केन्द्रमा पठाएको हो । 

२०७४ सालको निर्वाचनमा पौडेलका विरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । 

गत निर्वाचनमा जोशीले पौडेलसँग असन्तुष्ट रहेर आफ्नो उम्मेदवारी दिएका थिए । तर, पौडेलले दावी विरोध जनाएपछि उनको उम्मेदवारी रद्द भएको थियो । 

त्यहाँ पौडेललाई तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानले पराजित गरेका थिए । पछि जोशीले एमाले उम्मेदवारलाई सघाएर पौडेललाई हराएको आरोप लागेको थियो । 





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार ७:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया