म्यानमारका सैन्य नेतामाथि अमेरिकाले लगायो यस्तो प्रतिबन्ध
फाइल तस्बिर

अमेरिकाले म्यानमारको सैन्य कू विरुद्ध कदम उठाएको छ । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा गरेका छन् । 

चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको खबरअनुसार सैन्य नेताको अमेरिकामा रहेको १ विलियन डलरभन्दा बढी लगानीमा रोक लगाउने निर्णय बाइडेनले गरेका हुन् । 

यसै हप्ता प्रतिबन्धका नयाँ कदमको पहिचान गरी निर्यातमा प्रतिबन्ध लगाउने बाइडेनले बताएका छन् । 

सेनाले हिरासतमा लिएका म्यानमारका राष्ट्रपति विन मिन्ट र नेतृ स्टेट काउन्सिलर आङ सान सुकीलाई तुरुन्त रिहा गर्न बाइडेनले माग गरेका छन् ।

यही फेब्रुअरी १ मा म्यानमारको सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी सैन्य शासन लागु गर्दै एक वर्षका लागि संकटकालको घोषणा गरेको थियो ।





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार ८:६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया