बाइडेन-सी पहिलो टेलिफोन वार्ता : 'अमेरिका-चीन आमनेसामने हुँदा विध्वंश हुन्छ'

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको नेतृत्व सम्हालेपछि पहिलो पटक चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेका छन् । बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि पहिलो पटक चीनका राष्ट्रप्रमुखलाई फोन गरेका हुन् । 

अमेरिकामा बुधबार राति तथा एसियामा बिहिबार पर्ने समयमा भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले अमेरिका र चीन आमनेसामने हुँदा विध्वंश हुने र सबै कुरा ध्वस्त हुने भएकाले आपसी मत भिन्नतामा छलफल गरेर दरारहरु पुर्न सुझाएका छन् । 

गलत बुझाइहरुलाई प्रष्ट बनाएर आपसी सम्बन्ध पुनःस्थापनामा चीनले जोड दिएको छ । विश्वका दुई ठूला अर्थतन्त्र आमनेसामने हुँदा विध्वंश हुने चीनको भनाइ छ । 

टोलिफोन वार्तामा बाइडेन र सीले दुई देशबीचको व्यापार, हङकङ, दक्षिण चिनियाँ सागर र ताइवानको विषयमा छलफल भएको रोयटर्सले लेखेको छ । 

सीले चीन र अमेरिका बीचको अहिलेको दूरी कम गर्नका लागि पहिले वासिङ्टन र बेइजिङबीच विभिन्न तहमा वार्ता संयन्त्रहरु बन्नुपर्ने र प्राथमिकतामा राखेर अहिले उत्पन्न दूरीलाई समाधानमा लाग्नुपर्ने बताएका समाचारमा उल्लेख छ । 





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार ९:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया