सोधपुछका लागि अपराध महाशाखाले बोलायो रामकुमारी झाँक्रीलाई
फाइल तस्बिर

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहको नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछका लागि महानगरीय अपराध महाशाखाले बोलाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सार्वजनिक मञ्चबाट गरेको टिप्पणीको विषयमा सोधपुछका लागि महाशाखाले बोलाएको हो । महाशाखाले आज उपस्थित हुनका लागि झाँक्रीलाई भनेको छ । 

झाँक्री आफै उपस्थित नभएको अवस्थामा पक्राउ गर्ने प्रहरीको तयारी छ । झाँक्रीले केही समय अगाडि गोरखाको विरोध सभामा राष्ट्रपति भण्डारीविरुद्ध नैतिक आँच आउने गरी टिप्पणी गरेकी थिइन् । 





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार ११:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया