राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई भेट्न दाहाल-नेपाल नेकपाका नेताहरु योगेश भट्टराई र नारायणकाजी श्रेष्ठ महानगरीय प्रहरी अपराध महाशाखा पुगेका छन्।
नेकपा दाहाल-नेपालका प्रवक्ता श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध घोषित संघर्ष समितिका सह-संयोजक भट्टराई मीनभवनस्थित अपराध महाशाखाको कार्यालय पुगेका हुन्।
नेताहरु पुग्ने क्रमसँगै रामकुमारीसँग महाशाखा प्रमुख एसएसपी दीपक थापाले सोधपुछ गरिरहेका छन्। उनलाई सोधपुछ गरेर आजै छाड्ने तयारी रहेको महाशाखा स्रोतले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।