रामकुमारी झाँक्रीलाई लगाइएको अभियोग(दफा ५८) मा के छ ? यस्तो हुनसक्छ कारबाही

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाकी सदस्य रामकुमारी पक्राउ परेकी छिन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा बिहीबार दिउँसो आफ्नै निवास शंखमुलबाट पक्राउ गरिएको हो । 

प्रहरीले झाँक्रीको पक्राउका लागि जारी गरेको पक्राउ पुर्जीमा राज्य विरुद्धको कसुर अन्तर्गत दफा ५८ को कसुर अनुसार अभियोग लगाइएको छ । 

त्यो भनेको मुलुकी फौजदारी संहिता २०७४ मा भएको व्यवस्था हो । सो ऐनको दफा ५८ को उपदफा(१) मा राष्ट्रपति र संसदलाई कार्यसम्पादन गर्न अवरोध पुर्याउने, रोक लगाउने र धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन भन्ने उल्लेख छ। 

‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन’ दफा ५८ को उपदफा १ मा लेखिएको छ ।

उपदफा(१) अनुसार कसैले कसुर गरेको प्रमाणित भएमा ७ वर्षसम्म कैद वा ७० हजार रुपैँयासम्म जरिवाना वा दुवै  सजाय हुने व्यवस्था दफा ५८ को उपदफा २ मा व्यवस्था गरिएको छ ।  



यो अभियोग प्रमाणित भएका नेत्री रामकुमारी झाँक्रीलाई ७ वर्ष कैद हुनसक्ने कानुनी व्यवस्था छ । साथै ७० हजार जरिवाना र दुवै सजाय पनि  हुनसक्ने व्यवस्था  मुलुकी फौजदारी संहिता २०७४ ले गरेको छ । 



  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १४:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया